नेपालको संविधान कार्यान्वयनको शुरूवाति चरणमा सम्पन्न भएको स्थानीय, प्रदेश तथा संघीय तहका निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू मार्फत आशा गरिएको समृद्धि हाँसिल हुनेमा विस्वस्त हुँदै, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिको अभियानमा क्रियाशील रहने अठोट गर्दै, नेपालको संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारहरूको संरक्षण र प्रबद्र्धन गर्न पहलकदमी गर्दै, संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति एवम् नागरिक स्वतन्त्रता प्रति अविच्छिन्न रूपमा प्रतिबद्ध रहँदै, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको जगेर्ना गर्ने प्रण गर्दै यो सम्मेलन तपसिल अनुसार आव्हान तथा घोषणा गर्दछ